भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ आज माघ २७ गते मंगलबार बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले बिहान आइपीओ बाँडफाँड गरेको हो।
कम्पनीले माघ १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आइपीओमा २६ लाख ६५ हजार १७४ जना लगानीकर्ताबाट ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताका लागि आवेदन परेको थियो। अत्यधिक आवेदन परेपछि गोलाप्रथामार्फत ८३ हजार जना लगानीकर्ताले मात्र प्रतिव्यक्ति १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी २५ लाख ८२ हजार १७४ जना लगानीकर्ताको हात खाली भएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि कुल ८ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो।
कसरी हेर्ने आईपीओको नतिजा ?
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।



प्रतिकृया