नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पोखरा फाइनान्स लिमिटेडको मर्जरका कारण रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ।
साबिकको पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ अनुपातमा मर्जर सम्पन्न भएपछि पोखरा फाइनान्सको नाममा कायम भएको १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो।
नेप्सेका अनुसार अंकित तथा चुक्ता मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको उक्त सेयरलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कारोबारका लागि सूचीकरण गरिएको हो। मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबारसमेत फुकुवा गरिएको नेप्सेले जनाएको छ।
मर्जरपछि समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सूचीकरण खारेज गरी उक्त कम्पनीको ८१ लाख ८९ हजार ११४ कित्ता सेयर पोखरा फाइनान्सको नाममा कायम गरिएको छ। यससँगै पोखरा फाइनान्सको कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर अभिलेख गरिएको छ।


प्रतिकृया