यी दुई फाइनान्स कम्पनीको मर्जर प्रक्रिया सम्पन्न, असार २६ देखि एकीकृत कारोबार सुरु हुने

यी दुई फाइनान्स कम्पनीको मर्जर प्रक्रिया सम्पन्न, असार २६ देखि एकीकृत कारोबार सुरु हुने
Advertisement Ads

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएको छ। मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार यही असार २६ गते शुक्रबारदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन हुने भएको छ।

दुवै संस्थाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको जनाएका छन्। मर्जरपछि समृद्धि फाइनान्सको सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय जिम्मेवारी पोखरा फाइनान्सले वहन गर्नेछ।

मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकमा रहनेछ। एकीकृत प्रणाली सञ्चालनका लागि असार २५ गते दुवै संस्थाका बैंकिङ सेवा बन्द रहने र असार २६ गतेदेखि नयाँ प्रणालीमार्फत सेवा सुरु हुने जनाइएको छ।

संस्थाले एकीकृत कारोबारका क्रममा ग्राहक, सेयरधनी तथा सरोकारवालामा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

pokhara samriddhi finance merger operations notice 1782461133064 https://bajarkochirfar.com/the-merger-process-of-these-two-finance-companies-has-been-completed-and-the-integrated-operation-will-start-from-ashadh-26 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स