instainsta

नेपाल टेलिकमद्वारा धितोपत्र दलाल सेवाका लागि सूची दर्ता गर्ने प्रस्ताव आह्वान

Aug 24, 2026

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल सेवा उपलब्ध गराउन इच्छुक धितोपत्र दलाल सेवा प्रदायक कम्पनीहरूलाई सूचीकरण प्रस्ताव दर्ता गर्न आह्वान गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै धितोपत्र दलाल सेवा प्रदान गर्न स्वीकृति प्राप्त र तोकिएको योग्यता पुगेका इच्छुक कम्पनीहरूलाई आफ्नो प्रोफाइल सहित प्रस्ताव पेश गर्न अनुरोध गरेको छ। यो सूचना प्रथम पटक प्रकाशित भएको मिति २०८३/०५/०८ ले १५ दिनभित्र कार्यालय समयमा नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा सूचीकरण प्रस्ताव दर्ता गराउनुपर्ने सूचनामा उल्लेख छ। सूचीकरण प्रस्ताव फारम कम्पनीबाट निःशुल्क प्राप्त गर्न सकिनेछ।

प्रस्ताव पेश गर्नका लागि धितोपत्र दलाल कम्पनी प्रचलित कानुन बमोजिम दर्ता भएको, धितोपत्र व्यवसायी नियमावली, २०६४ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी नवीकरण गरेको र स्थायी लेखा नम्बर प्राप्त गरेको हुनुपर्नेछ। यसैगरी नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पूँजी पुगेको, आर्थिक वर्ष २०८१/८२ को खुद कार्यशील पूँजी सकारात्मक भएको, आर्थिक वर्ष २०८१/८२ को करचुक्ता गरेको, तथा अन्तिम दुई आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को धितोपत्रहरूको खरिद र बिक्रीको औसत वार्षिक कारोबार रकम १० अर्ब रुपैयाँ भन्दा बढी भएको हुनुपर्ने योग्यता तोकिएको छ। धितोपत्र दलालको रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव भएको तथा कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी वा संगठित संस्थामा धितोपत्र दलालको रूपमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने र प्रचलित कानुन बमोजिम कारोबार गर्न अयोग्य नभएको हुनुपर्ने प्रावधान रहेको नेपाल टेलिकमले जनाएको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स