नेपाल राष्ट्र बैंकद्वारा ३० करोड थान दुई रुपैयाँको सिक्का टकमरीका लागि बोलपत्र आह्वान

Oct 5, 2026

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ३० करोड थान दुई रुपैयाँ दरका नेपाली सिक्काहरूको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीका लागि योग्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। बैंकले प्रकाशित गरेको सूचना अनुसार पूर्व-योग्य सूचीमा परेका बोलपत्रदाताहरूले यस प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्। यो ठेक्का एकल चरणको दुई खाम प्रणाली (प्राविधिक र वित्तीय बोलपत्र) अन्तर्गत कार्यान्वयन गरिने बैंकले जनाएको छ।

सम्बन्धित बोलपत्रदाताहरूले काठमाडौंको थापाथलीस्थित नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागबाट विस्तृत जानकारी लिन र बोलपत्र कागजात निरीक्षण गर्न सक्नेछन्। बैंकका अनुसार इच्छुक बोलपत्रदाताहरूले २०८३ कार्तिक १७ गते (३ नोभेम्बर २०२६) भित्र आवश्यक दस्तुर बुझाई बोलपत्र फारम खरिद गरिसक्नुपर्नेछ। नेपाली बोलपत्रदाताका लागि बोलपत्र कागजातको शुल्क २०,००० रुपैयाँ तोकिएको छ भने विदेशी कम्पनीका लागि १३१ अमेरिकी डलर वा ११५ युरो दस्तुर निर्धारण गरिएको सूचनामा उल्लेख छ।

बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ कार्तिक १८ गते (४ नोभेम्बर २०२६) मध्याह्न १२:०० बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो १:०० बजे बोलपत्रदाताका प्रतिनिधिहरूको उपस्थितिमा खोलिने बैंकले जनाएको छ। बोलपत्रसँगै कम्तीमा १,३२,००० अमेरिकी डलर वा सो सरहको बैंक जमानत (बिड सेक्युरिटी) पेश गर्नुपर्नेछ, जसको वैधता अवधि बोलपत्र खोल्ने मितिदेखि कम्तीमा १२० दिन हुनुपर्नेछ। यस प्रक्रियासम्बन्धी पूर्व-बिड बैठक २०८३ असोज ३० गते (१६ अक्टोबर २०२६) दिनको १२:०० बजे नेपाल राष्ट्र बैंकको थापाथली कार्यालयमा आयोजना गरिने सूचनामा जनाइएको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स