शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभाग, आयोजना कार्यान्वयन इकाई (DOE/PIU) ले नेपाल सेफर स्कुल्स प्रोजेक्ट (NSSP) को तयारीका लागि व्यक्तिगत परामर्शदाता र परामर्शदाता फर्महरूबाट आशयपत्र (EOI) आह्वान गरेको छ। विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (IDA Grant No. E758-NP) को वित्तीय सहयोगमा सञ्चालित यस आयोजनाका लागि योग्यता पुगेका परामर्शदाताहरूबाट आवेदन माग गरिएको सूचनामा उल्लेख छ।
सूचना अनुसार सिभिल, स्ट्रक्चरल, आर्किटेक्ट, वास (WASH) इन्जिनियरिङ, जीआईएस (GIS), सफ्टवेयर, डाटाबेस, साइबर सुरक्षा, वातावरण, सामाजिक विकास तथा खरिद विज्ञ लगायत १६ विभिन्न पदका लागि व्यक्तिगत परामर्शदाता छनोट गरिने छ। यसैगरी संस्थागत तहमा प्राथमिकता प्राप्त विद्यालयहरूको उत्थानशीलता प्रमाणीकरणका लागि एक परामर्शदाता फर्म (CQS विधि मार्फत) चयन गरिनेछ।
व्यक्तिगत परामर्शदाताहरू (सि.नं. १-१६) ले २०८३ मंसीर ९ गते (२५ नोभेम्बर २०२६) मध्याह्न १२:०० बजेभित्र र परामर्शदाता फर्म (सि.नं. १७) ले २०८३ मंसीर १६ गते (२ डिसेम्बर २०२६) मध्याह्न १२:०० बजेभित्र आफ्नो आशयपत्र बुझाइसक्नुपर्नेछ। विस्तृत कार्यसर्त (TOR) र छनोट प्रक्रियासम्बन्धी जानकारी आधिकारिक वेबसाइटमा उपलब्ध रहेको विभागले जनाएको छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

