गरिमा विकास बैंक लिमिटेडले डकुमेन्ट डिजिटलाइजेशन तथा डिजिटल अर्काइभिङ सेवाका लागि योग्य तथा इच्छुक बोलपत्रदाताहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ। बैंकले दोस्रो पटक सूचना जारी गर्दै इच्छुक आवेदकहरूलाई २०८३ कात्तिक १९ गते (५ नोभेम्बर २०२६) अपराह्न ४:०० बजेभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको सूचनामा उल्लेख छ।
प्रस्तावित सफ्टवेयर वा सोलुसन कम्तीमा दुई वटा सरकारी वा निजी क्षेत्रका संस्थामा न्यूनतम दुई वर्षदेखि सफलतापूर्वक कार्यान्वयनमा आएको र सक्रिय प्रयोगमा रहेको हुनुपर्नेछ। स्थानीय बोलपत्रदाताहरूसँग समान प्रकृतिका कम्तीमा दुई वटा आयोजना र कागजात डिजिटलाइजेशनसम्बन्धी दुई वटा आयोजनाको अनुभव हुनुपर्ने शर्त राखिएको छ। RFP कागजात काठमाडौँको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयको जनरल सर्भिस डिपार्टमेन्टबाट रु. २,००० गैर-फिर्तायोग्य शुल्क बुझाएर प्राप्त गर्न सकिनेछ।
बोलपत्रदाताहरूले बोलपत्र रकमको ५ प्रतिशत रकम नगद वा ९० दिनको अवधि भएको बिड बोन्डमार्फत जमानतका रूपमा पेस गर्नुपर्नेछ। बैंकले कुनै पनि वा सबै बोलपत्रहरू आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार आफूमा सुरक्षित राखेको जनाएको छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

