ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय कारोबारलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पर्ने विभिन्न सूचना प्रविधि (IT) सेवाहरू खरिदका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक फर्म, संस्था वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक विवरण सहित सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
संस्थाले आह्वान गरेका सूचना प्रविधि सेवाहरू अन्तर्गत प्रधान कार्यालयका लागि फायरवाल तथा भीपीएन जडान (Firewall for Head office and VPN Connection), एन्डपोइन्ट सोलुसन सर्भर (End Point Solution Server), र नियमित ब्याकअपका लागि न्यास सर्भर (NAS Server for Regular Backup) रहेका छन्। इच्छुक बोलपत्रदाताले प्रत्येक सेवाका लागि छुट्टाछुट्टै बोलपत्र फारम खरिद गरी प्रस्ताव पेश गर्नुपर्नेछ। बोलपत्र फारम बुटवलस्थित संस्थाको प्रधान कार्यालयबाट फिर्ता नहुने गरी प्रति फारम १,००० रुपैयाँ भुक्तानी गरी वा तोकिएको बैंक खातामा रकम जम्मा गरेको सक्कल भौचर पेश गरी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

