instainsta

हंसपुर नगरपालिकाद्वारा मौजुदा सूची दर्ता गराउन दरखास्त आह्वान

Aug 24, 2026

धनुषाको हंसपुर नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवा खरिद सम्बन्धी कार्यहरूका लागि मौजुदा सूची (स्ट्यान्डिङ लिस्ट) दर्ता प्रक्रिया सुरु गरेको छ। नगरपालिकाको नगर कार्यपालिका कार्यालयले सार्वजनिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८३/८४ मा विभिन्न सामान आपूर्ति तथा सेवा प्रदान गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूलाई सूची दर्ताका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक आवेदकहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति २०८३ भदौ ८ गतेले १५ दिनभित्र कार्यालयमा रीतपूर्वक निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

यस प्रक्रियामा सहभागी हुनका लागि इच्छुक आवेदकहरूले आर्थिक वर्ष २०८१/०८२ को व्यावसायिक नवीकरण भएको प्रमाणपत्र, पछिल्लो कर चुक्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) र मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि सहित सार्वजनिक खरिद नियमावली, २०६४ को अनुसूची २ (क) बमोजिमको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ। साथै आर्थिक वर्ष २०८२/०८३ मा यस कार्यालयमा सूचीकृत दर्ता भएकाहरूले समेत आर्थिक वर्ष २०८२/०८३ को व्यावसायिक नवीकरण भएको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, प्यान र भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी तोकिएको समयभित्र निवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले विभिन्न १४ वटा विधाका कार्यहरूका लागि सूची दर्ता खुला गरेको हो। यस अन्तर्गत मसलन्द, छपाई तथा कार्यालय सामान आपूर्ति, फर्निचर तथा फर्निसिङ सामान आपूर्ति र मर्मत, मेसिनरी औजार (कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन आदि) तथा इलेक्ट्रिकल सामान आपूर्ति र मर्मत, भवन मर्मत सम्भार तथा निर्माण सेवा, कुरियर सेवा, र प्रशासनिक विषयसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सफ्टवेयर निर्माण र मर्मत सेवा रहेका छन्। यसैगरी फलफूल बिरुवा सप्लाई, स्वास्थ्य, पशु तथा कृषिजन्य औषधि र सर्जिकल उपकरण, खाजा तथा खाना व्यवस्थापन, विज्ञापन प्रकाशन, प्राविधिक सेवा, इन्टरनेट, पत्रपत्रिका र इन्धन आपूर्ति लगायतका क्षेत्रमा सूची दर्ता गर्न सकिने सूचनामा उल्लेख छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स