instainsta

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्वारा सवारी साधन लिलामी सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान

Aug 21, 2026

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेका विभिन्न ८ वटा सवारी साधनहरू (मोटरसाइकल) ‘जे जस्तो अवस्थामा छ सोही अवस्थामा’ लिलाम बिक्री गर्नका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। वित्तीय संस्थाले दोस्रो पटक सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति, फर्म वा संस्थालाई आवेदन दिन आग्रह गरेको हो। लिलामीमा राखिएका मोटरसाइकलहरूमा बजाज पल्सर १५० सीसी, यामाहा एसजेडआरआर १५० सीसी, यामाहा एफजेडएस भी३ १५० सीसी, हिरो ग्ल्यामर १२५ सीसी, यामाहा वाइबीआर ११० सीसी र हिरो होण्डा सुपर स्प्लेन्डर १२५ सीसी रहेका छन्। यी सवारी साधनहरूको न्यूनतम मूल्य ५५ हजार रुपैयाँदेखि २ लाख ४० हजार रुपैयाँसम्म तोकिएको छ र यो लिलामी प्रक्रिया ७ दिने म्याद अर्थात् मिति २०८३/०५/११ गतेसम्म लागू हुनेछ।

इच्छुक बोलपत्रदाताले वित्तीय संस्थाको कर्पोरेट कार्यालय मध्यपुर थिमी-१, लोकन्थलीबाट ५०० रुपैयाँ दस्तुर भुक्तान गरी बोलपत्र फारम खरिद गर्न सक्नेछन्। बोलपत्र पेश गर्दा आफूले कबोल गरेको कुल रकमको न्यूनतम १० प्रतिशत धरौटी वापत नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा ग्लोबल आइएमई बैंक लिमिटेड, बनेपा शाखामा रहेको खाता नम्बर ८९०१०१०००२४४६ मा रकम जम्मा गरी सोको भौचर संलग्न गर्नुपर्नेछ। बोलपत्र फारमहरू मिति २०८३/०५/११ गते मध्यान्ह १२ बजेसम्म खरिद गरी सोही दिन अपरान्ह ३:०० बजेभित्र दर्ता गरिसक्नुपर्नेछ। रितपूर्वक प्राप्त बोलपत्रहरू मिति २०८३/०५/१५ गते अपरान्ह ३:०० बजे पश्चात् खोलिने सूचनामा उल्लेख छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स