असोज २३ गते बस्दैछ पियोर इनर्जीको साधारण सभा, यस्ता छन् प्रस्तावहरु

असोज २३ गते बस्दैछ पियोर इनर्जीको साधारण सभा, यस्ता छन् प्रस्तावहरु
Advertisement Ads

पियोर इनर्जी लिमिटेडले नवौँ वार्षिक साधारण सभा असोज २३ गते बोलाएको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश हुनेछ। सञ्चालक समिति सदस्यको कार्यकाल थप गरी सञ्चालक समिति गठन गर्ने तथा सञ्चालक समितिबाट भएका निर्णय तथा काम–कारबाही अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते सेयर दर्ता पुस्तिका बन्द अर्थात् बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज ०९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा भएको कारोबारबाट कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन्।

Screenshot 16 9 2026 125524 www.nepalstock.com https://bajarkochirfar.com/pure-energys-general-meeting-to-be-held-on-october-23-here-are-the-proposals | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स