यसकारण ७१ प्रतिशतले बढ्यो पियोर इनर्जीको नाफा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
यसकारण ७१ प्रतिशतले बढ्यो पियोर इनर्जीको नाफा
Advertisement Ads

पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ७१.२२ प्रतिशतले बढेर ९० लाख ५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५२ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

कुल आम्दानी घटेपनि खर्च नियन्त्रण गर्न सफल भएको कारण कम्पनीको नाफामा वृद्धि भएको हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा ६ करोड ८ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवमा ५ करोड ६२ लाख रुपैयाँमा सीमित गरेको छ। यता, कम्पनीको कुल आम्दानी १.०४ प्रतिशतले घटेर ६ करोड ५५ लाख रुपैयाँमा सिमित भएको छ, जुन गत वर्षको सोही अवधिमा ६ करोड ६२ लाख रुपैयाँ थियो।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको पियोर इनर्जीको अन्य इक्विटी १ करोड २८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ७ करोड १५ लाख रुपैयाँ र कुल चालु दायित्व १३ करोड ९२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २१ पैसाले बढेर ४ रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ६१ पैसा र तरलता अनुपात ०.५१ गुणा रहेको छ।

PURE 1 https://bajarkochirfar.com/this-is-why-pure-energys-profit-increased-by-71-percent | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Pure Energy Limited (PURE)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स