असोजमा घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुन बैंकमा कति घट्यो ?

असोजमा घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुन बैंकमा कति घट्यो ?
Advertisement Ads

वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदरको औसत असोजमा भदौको तुलनामा घटेको छ।

२० वटा वाणिज्य बैंकको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत भदौमा ४.१३६० प्रतिशत रहेकोमा असोजमा घटेर ४.०८९६ प्रतिशत कायम भएको छ। अर्थात् औसत ब्याजदर ०.०४६ प्रतिशत बिन्दुले घटेको हो।

यसअघि साउनको तुलनामा भदौमा पनि व्यक्तिगत मुद्दतीको औसत अधिकतम ब्याजदर ०.०३१५ प्रतिशत बिन्दुले घटेको थियो। असोजमा भने चार वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १६ बैंकले भदौकै दरलाई निरन्तरता दिएका छन्।

असोजमा ब्याजदर घटाउने बैंकमा नबिल बैंक, एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंक रहेका छन्। अन्य १६ वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन्।

व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदर ४.५५ प्रतिशतभन्दा तल झरेको छ। असोजमा प्रभु बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अन्य बैंकको तुलनामा केही बढी देखिएको छ। यद्यपि ४.५५ प्रतिशत ब्याजदर १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्रै लागू हुने भएकाले अवधि अनुसार ब्याजदर फरक हुन्छ।

कुन बैंकले व्यक्तिगत मुद्दतीमा कति ब्याज दिँदैछ?

क्र.सं. वाणिज्य बैंक भदौ असोज
कृषि विकास बैंक ४.१५% ४.१५%
सिटिजन्स बैंक ३.८५% ३.८५%
एभरेस्ट बैंक ४.०५% ३.५०%
ग्लोबल आईएमई बैंक ४.००% ४.००%
हिमालयन बैंक ४.००% ४.००%
इन्भेस्टमेन्ट मेगा बैंक ४.५०% ४.५०%
कुमारी बैंक ३.७६% ३.७३%
लक्ष्मी सनराइज बैंक ४.००% ४.००%
माछापुच्छ्रे बैंक ४.५०% ४.५०%
१० नबिल बैंक ४.५५% ४.२५%
११ नेपाल बैंक ४.१५% ४.१५%
१२ नेपाल एसबीआई बैंक ४.१०% ४.१०%
१३ एनआईसी एशिया बैंक ४.००% ४.००%
१४ एनएमबी बैंक ४.५०% ४.५०%
१५ प्राइम कमर्सियल बैंक ४.००% ४.००%
१६ प्रभु बैंक ४.५५% ४.५५%
१७ राष्ट्रिय वाणिज्य बैंक ४.००% ४.००%
१८ सानिमा बैंक ४.५०% ४.५०%
१९ सिद्धार्थ बैंक ३.७६% ३.७६%
२० स्ट्यान्डर्ड चार्टर्ड बैंक ३.८०% ३.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स