नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत पारित

नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत पारित
File Photo
Advertisement Ads

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।

बुधवार बसेको अर्थ समितिको बैठकले सभापति डा. कृष्णहरि बुढाथोकीले पेस गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। सदस्यहरूबाट प्राप्त सुझाव र सल्लाहका आधारमा विधेयकमाथि दफावार छलफल गरी प्रतिवेदन तयार गरिएको सभापति बुढाथोकीले बताए।

उनका अनुसार ऐन संशोधनका क्रममा राष्ट्र बैंकको नेतृत्व चयन तथा नेतृत्वको कार्यसम्पादनसँग सम्बन्धित विषयमा महत्त्वपूर्ण छलफल भएको छ। प्रतिवेदनमा आवश्यक थप सुझाव तथा धारणा भए अर्थ समिति सचिवालयमा लिखित रूपमा दर्ता गराउन सकिने उनले जानकारी दिए।

उनले भने, ‘नेपाल राष्ट्र बैंक ऐन संशोधन हुँदै गर्दा देशले आर्थिक रूपमा फड्को मार्नुपर्छ भन्ने हो। त्यसमा संरचनागत रूपमा नेतृत्व कसरी चयन गर्ने र नेतृत्वले कसरी कार्य गर्ने भन्ने विषय बढी आएको छ । अब समितिमा अभिलेखको रूपमा यहाँहरूले पनि दर्ता गरौँ र यो प्रतिवेदनलाई यहाँहरूले सर्वसम्मत ढंगले पास गरिदिन म अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स