भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १२.४० रुपैयाँसम्म बढेर आयो, नेपालमा बढ्यो कि बढेन?

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १२.४० रुपैयाँसम्म बढेर आयो, नेपालमा बढ्यो कि बढेन?
Advertisement Ads

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

निगमका अनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२.४० रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४.६८ रुपैयाँ बढेर आएको छ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहेको छ। यता, भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीबाट सिर्जित कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले सर्वसाधारणको सुविधाका लागि साविककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो।

यो निर्णय २०८३ भदौ ३१ गते (१६ सेप्टेम्बर २०२६) देखि लागू भएको निगमले जनाएको छ। मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने बताइएको छ।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायललगायतका क्षेत्रमा पेट्रोल र डिजेल प्रतिलिटर २०० रुपैयाँ मै बिक्री हुनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ।

petrol notice https://bajarkochirfar.com/the-price-of-petrol-from-india-has-increased-to-rs-12-40-per-liter-will-it-increase-or-not-in-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स