अर्थमन्त्री वाग्ले भोलि भारत भ्रमणमा जाँदै, केके छ कार्यक्रम ?

अर्थमन्त्री वाग्ले भोलि भारत भ्रमणमा जाँदै, केके छ कार्यक्रम ?
Advertisement Ads

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भोलि असोज १ गते बिहीबार भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी निर्मला सीतारमणको निमन्त्रणामा उनी असोज १ देखि ३ गतेसम्म भारत भ्रमणमा जान लागेका हुन्।

भ्रमणका क्रममा वाग्लेले शुक्रबार र शनिबार तीन वटा उच्चस्तरीय संवादमा सहभागी हुनेछन्। उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यस्तै, भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग पनि भेटवार्ताको प्रयास भइरहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्ने कार्यक्रम रहेको छ।

वाग्ले बिहीबार बिहान नेपाल एअरलाइन्सको उडानमार्फत नयाँ दिल्ली जानेछन्। भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख र सचिवालयका दुई सदस्य रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स