चालु आर्थिक वर्ष २०८३/८४ को असोज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि भन्सार विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य दिएको छ।
भन्सार विभागका अनुसार असोज ६ गतेसम्मको संकलनपछि चालु आर्थिक वर्षमा अब ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व उठाउन बाँकी रहेको छ।
तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएर सञ्चालनमा आउन नसकेको अवस्थामा पनि भन्सार प्रशासनको प्रयासबाट १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
विषम परिस्थितिका बाबजुद राजस्व संकलनमा प्रगति भएको जनाउँदै आगामी दिनमा भन्सार विभागको मुख्य ध्यान बाँकी ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व असुलीमा केन्द्रित रहने जनाइएको छ।

प्रतिकृया