फेरि बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति तिर्नुपर्छ ?

फेरि बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति तिर्नुपर्छ ?
Advertisement Ads

बजारमा अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज बुधबारदेखि लागू हुने गरी एक्सएल र ठूलो अण्डाको मूल्य बढाएको हो।

संघका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट १० रुपैयाँले बढाइएको छ। नयाँ मूल्यअनुसार एक्सएल अण्डाको एक क्रेट ६१५ रुपैयाँ पुगेको छ भने ठूलो अण्डाको मूल्य प्रतिक्रेट ६०० रुपैयाँ तोकिएको छ।

यसअघि एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ६०० रुपैयाँ र ठूलो अण्डाको मूल्य ५९० रुपैयाँ थियो।

संघले मिडियम र सानो अण्डाको मूल्य भने यथावत् राखेको छ। पछिल्लो समय बर्डफ्लुका कारण अण्डा उत्पादनमा कमी आएको भन्दै संघले मूल्य बढाउँदै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स