लक्ष्मी सनराइज बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, कहिलेदेखि कारोबार सुरु हुने ?

लक्ष्मी सनराइज बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, कहिलेदेखि कारोबार सुरु हुने ?
Advertisement Ads

लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्काशन गरेको ‘७% लक्ष्मी सनराइज डिबेन्चर २०९२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेपाल स्टक एक्सचेन्ज र लक्ष्मी सनराइज बैंकबीच बुधबार १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो। प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित तथा चुक्ता मूल्य रहेको उक्त ऋणपत्रका कुल ३० लाख कित्ता नेप्सेमा सूचीकृत भएका छन्।

बैंकले उक्त ऋणपत्र सर्वसाधारणका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत खुला बिक्री आह्वान गरेको थियो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम भदौ १ गतेको निर्णयअनुसार ऋणपत्र सूचीकरण गरिएको नेप्सेले जनाएको छ।

‘७% लक्ष्मी सनराइज डिबेन्चर २०९२’ को दोस्रो बजारमा कारोबार भने असोज ८ गतेदेखि सुरु हुनेछ।

लक्ष्मी सनराइज बैंकको प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ। सूचीकरणपछि उक्त ऋणपत्रसम्बन्धी रजिष्ट्रार तथा हस्तान्तरण (RTS) सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमार्फत उपलब्ध हुने नेप्सेले जनाएको छ।

Screenshot 23 9 2026 124216 www.nepalstock.com https://bajarkochirfar.com/laxmi-sunrise-banks-bonds-listed-on-nepse-when-will-trading-begin | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स