नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले बानेश्वर, काठमाडौँमा रहेको बेनी सेक्युरिटिज प्रा. लि. को सेयर कारोबार तीन कार्यदिनका लागि निलम्बन गरेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्र्यौट कार्य नगरेको भन्दै निलम्बनका लागि सिफारिस गरेपछि नेप्सेले उक्त निर्णय गरेको हो।
यो निलम्बन धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१) छ बमोजिम गरिएको सूचनामा उल्लेख छ। यस सम्बन्धी निर्णय मिति २०८३।०५।०३ मा भएको हो र यसको बोधार्थ नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, नेप्सेका प्रमुख कार्यकारी अधिकृतको सचिवालय तथा प्रणाली सञ्चालन शाखालाई पठाइएको छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

Scroll/Buttons to Zoom • Drag to Slide
