लक्ष्मी सनराइज बैंकद्वारा एप्लाइड एआई र डाटा इन्जिनियरिङ कार्यक्रमका लागि ईओआई आह्वान

Aug 19, 2026

लक्ष्मी सनराइज बैंक लिमिटेडले एप्लाइड एआई एन्ड डाटा इन्जिनियरिङ रेजिडेन्सी इम्प्लिमेन्टेसन कार्यक्रमका लागि परामर्श सेवा प्रदान गर्न इच्छुक दर्तावाला योग्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूबाट सिलबन्दी आशय पत्र (ईओआई) आह्वान गरेको छ। बैंकले भदौ ३, २०८३ मा सूचना जारी गर्दै यस कार्यक्रममार्फत संरचनात्मक सिकाइ, व्यावहारिक मार्गदर्शन, ज्ञान हस्तान्तरण र दुईवटा एआई-सक्षम समाधानहरूको विकास गर्ने उद्देश्य राखेको जनाएको छ। विकास गरिने समाधानहरूमा वित्तीय सूचना संकलन, विश्लेषण र मस्यौदा कर्जा मूल्यांकन प्रतिवेदन तयार पार्ने ‘कर्पोरेट क्रेडिट एनालिसिस एन्ड अन्डरराइटिङ असिस्टेन्ट’ र खुद्रा कर्जा आवेदनहरूको मूल्यांकन गरी निर्णय सहयोग सिफारिसहरू तयार पार्ने ‘एआई-असिस्टेड रिटेल अन्डरराइटिङ मोडल’ रहेका छन्।

बैंकका अनुसार इच्छुक परामर्शदाता फर्महरूसँग आर्टिफिसियल इन्टेलिजेन्स, लार्ज ल्याङ्ग्वेज मोडल, मेसिन लर्निङ, डाटा इन्जिनियरिङ र एआई समाधानहरूको कार्यान्वयनमा प्रमाणित विशेषज्ञता हुनुपर्नेछ। योग्यता तथा शर्तहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध गराइएको छ। यस प्रक्रियामा सहभागिताका लागि इच्छुक फर्महरूले आवश्यक कागजातहरू सहित भदौ १६, २०८३ (१ सेप्टेम्बर २०२६) को कार्यालय समयभित्र आवेदन पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स