SHAREHUB SHAREHUB

बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

Advertisement Ads
बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
Advertisement Ads

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सरकारले उनीविरुद्ध उठेका प्रश्नका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

भदौ २ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार यसबारे घोषणा गरेका हुन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा बनेको समितिले बुझाएको प्रतिवेदनपछि ओझालाई पदमुक्त गरेको हो। समितिले आइतबार मात्र सरकारलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा ओझाको योग्यता अपर्याप्त रहेको, कानुनले तोकेको मापदण्डअनुसार सम्बन्धित क्षेत्रमा अझै अनुभव आवश्यक पर्ने, साथै कार्यक्षमतामा पनि प्रश्न उठेको निष्कर्ष निकालिएको थियो।

ओझालाई गत १२ फागुनमा सरकारले बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।

Advertisement Ads

638913070661402917 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-including-the-removal-of-insurance-authority-chairman-ojha-include | %tags

638913070849683748 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-including-the-removal-of-insurance-authority-chairman-ojha-include | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स