१ हजार दरका नयाँ नोटको चित्र र आकार स्वीकृत गर्ने सहित यस्ता छन् मन्त्रीपरिषद् बैठकका अन्य निर्णयहरु

१ हजार दरका नयाँ नोटको चित्र र आकार स्वीकृत गर्ने सहित यस्ता छन् मन्त्रीपरिषद् बैठकका अन्य निर्णयहरु

असार २३ र ३० गते बसेका मन्त्रिपरिषद्का बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कुल २९ वटा निर्णयहरू सार्वजनिक गरेका हुन्।

प्रवक्ताका अनुसार, नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको एक हजार रुपैयाँ दरको नयाँ बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने निर्णय गरिएको छ। यस निर्णयपछि नोट छपाइ प्रक्रिया अघि बढ्नेछ।

असार ३० गतेको बैठकले नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापान सरकारबाट प्राप्त ५ अर्ब ७० करोड जापानी येन बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय पनि गरिएको छ।

download 2 1 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-include-approving-the-design-and-size-of-the-new-1000-rupee-note | %tagsdownload 3 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-include-approving-the-design-and-size-of-the-new-1000-rupee-note | %tagsdownload 4 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-include-approving-the-design-and-size-of-the-new-1000-rupee-note | %tagsdownload 5 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-include-approving-the-design-and-size-of-the-new-1000-rupee-note | %tags

 

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स