आजसम्म कायम सेयरधनीले मात्रै नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १७ गते
आजसम्म कायम सेयरधनीले मात्रै नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश पाउने

नेशनल  लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर १७ गते अन्तिम दिन रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ। जस अनुसार आज मंसिर १७ गतेसम्म कायम सेयरधनीले मात्रै  कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

कम्पनीले मंसिर २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अरनिको पार्टी प्यालेस, बनेपा-५, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, बोनस सेयर वितरणपछि कायम पुँजीबाट ७ लाख ६५ हजार ३७७.६४ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स