विन नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । यसअघि, कम्पनीले आर्थिक वर्ष २०७९ र ८० मा सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण गरेको थिएन। त्यस्तै, कम्पनीले यस पटक पनि लाभांश नदिने भएको हो ।
कम्पनीले गत वर्षको नाफा नोक्सान हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको जनाइएको छ ।















प्रतिकृया