SHAREHUB SHAREHUB

ङादी ग्रुप पावरले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement Ads
ङादी ग्रुप पावरले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
Advertisement Ads

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट  लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि ४.७५% बोनस सेयर र ०.२५% नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल ५% लाभांश दिने निर्णय गरेको हो।

घोषित लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।

सभामा लाभांश प्रस्ताव पारित गर्नुका साथै बोनस सेयर वितरणपछि पूँजी वृद्धि गर्न कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

त्यससँगै, गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।

सभामा सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने तथा सञ्चालक समितिबाट भएका निर्णय तथा कार्यहरु पनि अनुमोदन गरिनेछ।

Advertisement Ads

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई नाममा सेयर कायम रहने सेयरधनीहरू मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

NGPL https://bajarkochirfar.com/ngadi-group-power-announces-dividend-when-will-the-book-close | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स