लाभांश र हकप्रदको प्रस्ताव सहित तीन कम्पनीको साधारण सभा मंसिर २५ गते बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १९ गते
लाभांश र हकप्रदको प्रस्ताव सहित तीन कम्पनीको साधारण सभा मंसिर २५ गते बस्दै

लाभांश र हकप्रद पारित गर्न तीन कम्पनीको वार्षिक साधारण सभा यही मंसिर २५ गते बस्ने भएको छ। माई खोला हाइड्रोपावरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव र  ङादी ग्रुप पावर र शिवम् सिमेन्ट्सको लाभांश पारित गर्ने प्रस्ताव सहित वार्षिक साधारणसभा बस्ने लागेको हुन्।

माई खोला हाइड्रोपावर लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा काठमाडौंको सखंपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजे गर्ने भएको छ।कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। तर, १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव बोर्डमा दर्ता भइसकेकाले साधारणसभाले सो प्रस्तावलाई निरन्तरता दिनेछ।

त्यससँगै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ। कम्पनीले अन्य परियोजना वा कम्पनीमा लगानी गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभामा पेश गर्नेछ।साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदनहरू छलफल गरी पारित गरिनेछ।  साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, मंसिर १० गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

ङादी ग्रुप पावर लिमिटेडले आफ्नो बाह्रौं वार्षिक साधारण सभा काठमाडौंस्थित स्मार्ट दरबार शंखपार्कमा बिहान साढे ९ बजे गर्ने भएको छ। सभाले  ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार,  मंसिर ११ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

शिवम् सिमेन्ट्सले लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १०:३० बजे गर्ने भएको छ।सभाले २.५० प्रतिशत बोनस सेयर र  १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ। साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर १० गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स