माईखोला हाइड्रोपावरको २४ लाख बढी कित्ता सेयरको ‘लकइन’ सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १३ गते
माईखोला हाइड्रोपावरको २४ लाख बढी कित्ता सेयरको ‘लकइन’ सकिँदै

माईखोला हाइड्रोपावर लिमिटेडको कुल २४ लाख २२ हजार ७४५ कित्ता सेयरको लकइन आगामी वैशाख १८ पछि सकिने भएको छ।

कम्पनीका अनुसार, संस्थापक तर्फ २० लाख कित्ता, कर्मचारीतर्फ ३०,५८८ कित्ता र स्थानीयतर्फ ३,९२,१५७ कित्ता सेयरको लकइन यही मितिपछि समाप्त हुनेछ।

यी सेयरहरू सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँड भएको वैशाख १९, २०८० देखि तीन वर्षका लागि लकइनमा राखिएका थिए। लकइन अवधि सकिएपछि सेयर कारोबारयोग्य हुनेछन्।

संस्थापक सेयरधनीहरूमध्ये सञ्चालक सदस्य र कम्पनीको उच्च तहमा पदस्थ कर्मचारीहरूका लागि भने, पदबाट हटेपछि पनि एक वर्षसम्म सेयर खरीद–बिक्री गर्न नपाइने व्यवस्था छ।

कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स