माई खोला हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ। कम्पनीले १ः१ अनुपातमा कुल ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो, जुन प्रतिकित्ता १०० रुपैयाँको दरमा जारी हुनेछ।
हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७८ करोड ४३ लाख ३ हजार ६०० रुपैयाँ पुग्नेछ।
यस हकप्रद सेयरको बिक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।





















प्रतिकृया