विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावर लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ। सोमबार (चैत ११ गते) बसेको आयोगको बैठकले कम्पनीलाई १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।जस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
आयोगको स्वीकृतिपछि यो प्रस्ताव कम्पनीको वार्षिक साधारण सभामा पेश हुनेछ। सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ, जसमा १०० प्रतिशत हकप्रद सेयर जारी भएपछि ७८ करोड ४३ लाख १३ हजार ६०० रुपैयाँ पुग्नेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया