अमेरिकी प्रविधि कम्पनी न्युरल ले ३१ मिलियन अमेरिकी डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) लगानी उठाएको छ। न्युरलका सह–संस्थापक नामी बराल र नविन बास्कोटा नेपाली मूलका उद्यमी हुन्।
न्युरलले एआई (AI) मा आधारित विश्वकै पहिलो AI-native global PEO निर्माण गरिरहेको छ। कम्पनीले वित्त विभाग प्रमुख (Chief Financial Officer) हरूका लागि ‘system of intelligence’ तयार पार्ने लक्ष्य राखेको छ, जसमा पेरोल, कर प्रणाली, भुक्तानी संरचना र कर्मचारी व्यवस्थापनजस्ता मुख्य कार्यहरू एउटै प्लेटफर्मबाट सजिलै गर्न सकिनेछ।

वर्षौंको अनुसन्धानपछि निर्माण गरिएको न्युरलको प्लेटफर्ममा आफ्नै ट्याक्स इन्जिन, इन्टिग्रेटेड पेमेन्ट सिस्टम र उद्योगमै पहिलो executional AI coworker—EMMA समावेश छ। न्युरलले बनाएको प्लेटफर्म प्रयोग गर्दा ग्राहकले महिनामा ६० घण्टासम्म समय बचाउन सक्छन्। एचआर र विदेशी विनिमय खर्च ५०% ले घट्छ भने तलब भुक्तानीमा हुने गल्ती ९०% ले कम हुने कम्पनीको दाबी छ।
EMMA नामक एआई एजेन्टले पेरोल, कर गणना, खर्च स्वीकृति जस्ता कामहरू छिटो र सही ढंगले सम्पन्न गर्छ।पछिल्लो एक वर्षमै न्युरलको व्यापार ७०० प्रतिशतले बढेको छ। धेरै ग्राहकहरूले एक सेवा सुरु गरेर बाँकी अन्य टुलहरू पनि प्रयोग गर्न थालेका छन्।
यसअघि पनि M13, Inspired Capital, Newform Capital लगायतले कम्पनीमा लगानी गरिसकेका छन्। Inspired Capital की एलेक्सा भन्छिन्, “न्युरलले पुरानो प्रणालीलाई एआईमार्फत नयाँ बनाइरहेको छ। हामी पहिलो लगानीकर्ता थियौं, आज अझै पनि विश्वासका साथ उनीहरूलाई साथ दिइरहेका छौं।”

प्रतिकृया