नेपाल विद्युत प्राधिकरणले विभिन्न पदहरूमा खुला तथा समावेशी प्रक्रियाद्वारा ९५३ जनाको पदपूर्तिका लागि आवेदन खुलाएको छ।
खुला गरिएको पदहरूमा पाँचौं तहदेखि दशौं तहसम्मका प्रशासनिक र प्राविधिक क्षेत्र समेटिएका छन्। यस अन्तर्गत प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानून अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, इलेक्ट्रिक इन्जिनियर, इन्जिनियर, सर्भे इन्जिनियर, वातावरणविद् र जियोलिस्टजस्ता पदहरूमा दरखास्त माग गरिएको छ।
यसबाहेक, मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटरजस्ता अन्य पदहरूमा पनि आवेदन दिन सकिनेछ।
आवेदन दिन इच्छुक योग्यता पुगेका व्यक्तिहरूले पुस २५ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन थप सुविधा उपलब्ध गराइएको छ।


प्रतिकृया