भोलिदेखि नागढुङ्गा नौबिसे सडक ३१ गतेसम्म पाँच घण्टा बन्द हुने



Advertisement
Ads

नौबिसे–नागढुङ्गा सडक भोलि (वैशाख २२)) देखि ३१ गतेसम्म प्रत्येक राति ११ः०० बजेबाट बिहान ३ः०० बजेसम्म बन्द गरिने भएको छ। नागढुङ्गा–पिप्लामोड सडक खण्डमा निर्माण कार्य तीव्र बनाउन र जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको हो।

काठमाडौँतर्फका सवारीलाई खत्रीपौवा र नौबिसेतर्फ जानेलाई नागढुङ्गा चेकपोस्टमा रोकिनेछ। वैकल्पिक मार्गमा साना सवारीले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के र अन्य सवारीले सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न सक्नेछन्। एम्बुलेन्स र सुरक्षा निकायका सवारी भने प्रभावित हुने छैनन्।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर