राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि २५ गतेसम्म हरेक दिन बिहान १०:३० देखि दिउँसो ३ बजेसम्म बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ।
काठमाडौं र धादिङ प्रशासनको समन्वयमा सडक बन्द गरी नागढुङ्गा–पिपलामोड सडक निर्माणको काम अघि बढाइनेछ। यसअघि रातिमा काम हुँदै आएको भए पनि प्राविधिक कारणले अब दिउँसो नै निर्माण गर्नुपर्ने भएपछि बन्दको समय परिवर्तन गरिएको हो।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले सूचना जारी गर्दै बन्द अवधिमा काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारी खानीखोलामा रोक्ने जानकारी दिएको छ। वैकल्पिक मार्गका रूपमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया