insta insta

नबिल बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने

नबिल बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने
Advertisement Ads

नबिल बैंक लिमिटेडले काठमाडौं, बाग्लुङ, विर्तामोड, मलंगवा, घोराही, सुर्खेत र फिदिमस्थित शाखाबाट सुन कर्जा सेवा विस्तार गर्न ‘सुन जाँचकी’ (Gold Tester) पदका लागि करार सेवामा कर्मचारी माग गरेको छ।

इच्छुक नेपाली नागरिकले एसएलसी/एसईई उत्तीर्ण गरेको र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख वा ग वर्गका बैंक तथा वित्तीय संस्थामा कम्तीमा पाँच वर्ष सुन जाँचकीको अनुभव भएको हुनुपर्नेछ। साथै, दरखास्त दिने मितिसम्म उमेर कम्तीमा ३० वर्ष पुगेको हुन आवश्यक छ।

इच्छुकले विस्तृत बायोडाटा र आवश्यक कागजातसहित बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र दोस्रो चरणका लागि सम्पर्क गरिनेछ।

 साथै, कुनै पनि प्रकारको सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने बैंकले जनाएको छ। आवेदन दिने अन्तिम मिति २०८२ भाद्र ५ गते तोकिएको छ।

529397677 1190298393138109 4036360176113974833 n https://bajarkochirfar.com/nabil-bank-seeks-employees-for-various-positions-if-you-try-to-hire-resource-force-you-will-be-automatically-disqualified | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स