मुक्तिनाथ विकास बैंकको नाफामा सुधार, प्रतिसेयर आम्दानी १४ रुपैयाँ २८ पैसा



Advertisement
Ads

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १९.७९ प्रतिशत बढी हो। गत वर्ष बैंकले ४२ करोड रुपैयाँ नाफा कमाएको थियो।


Advertisement

बैंकको खुद ब्याज आम्दानी ५.१० प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्ष २ अर्ब ८ करोड रुपैयाँ थियो। सञ्चालन नाफामा पनि १६.४६ प्रतिशतले बढेको छ जसले नाफामा सुधार ल्याएको हो। यस त्रैमासमा बैंकले ७१ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।


Advertisement

त्यस्तै, बैंकको वितरणयोग्य नाफा ५४ करोड २८ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा (एनपीएल) भने २.५१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ, भने जगेडा कोषमा ३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी २ रुपैयाँ ३६ पैसाले बढेर १४ रुपैयाँ २८ पैसा भएको छ, र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २८ पैसा रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर