मेट अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २७.६१ प्रतिशतले बढेर ३४ करोड ५१ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
ब्याज आम्दानी तथा कुल आम्दानीमा बढेको कारण नाफा बढेको हो।
कम्पनीको खुद ब्याज आम्दानी ७.२७ प्रतिशतले बढेर ४ अर्ब २६ करोड रूपैयाँ पुगेको छ। कम्पनीको कुल आम्दानी पनि ६ अर्ब ८ करोड रूपैयाँबाट ६.१६ प्रतिशतले बढेर ६ अर्ब ४५ करोड पुगेको छ। यता कुल खर्च साढे ५ अर्ब रुपैयाँबाट बढेर ५ अर्ब ७८ करोड रुपैयाँमा पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष १३.२६ प्रतिशतले बढेर २८ अर्ब ३९ करोड रुपैयाँमा पुगेको छ। कम्पनीको महाविपत्ति कोषमा ५६ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ।













![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया