फेसबुक सञ्चालक संस्था मेटाले नेपाल सरकारसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका आईटी सल्लाहकार डा. शालिग्राम पराजुलीलाई इमेलमार्फत सम्पर्क गरी कागजात मागेका हुन्।
सरकारले सूचीकरण नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै मेटा औपचारिक सम्पर्कमा आएको हो। बिहीबार मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई ती सञ्जाल रोक्न निर्देशनसमेत दिएको थियो।
ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कार्यालयका प्रतिनिधिले सम्पर्क गरेपछि मन्त्रालयले तुरुन्तै आवश्यक कागजात पठाइसकेको छ। तर, मेटाले विवरण मागेको मात्र आधारमा प्रतिबन्ध खुल्ने छैन।











![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)








![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया