मेरोमाइक्रोफाइनान्स लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति पाइन्छ तलब ?

मेरोमाइक्रोफाइनान्स लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति पाइन्छ तलब ?

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालयहरूका लागि कर्मचारीको माग गर्दै सूचना प्रकाशित गरेको छ। राष्ट्रव्यापी लघुवित्त सेवा विस्तार गरिरहेको यस संस्थाले हाल ६४ जिल्लाका १४९ शाखामार्फत सेवा दिइरहेको छ।

संस्थाले गण्डकी र लुम्बिनी प्रदेशका शाखाहरूमा कार्य गर्न इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो। शाखा प्रबन्धक (अनुभवी), फिल्ड सहायक (अनुभवी) र फिल्ड सहायक (प्रशिक्षार्थी) पदमा कुल ६२ जना कर्मचारी माग गरिएको छ।

शाखा प्रबन्धक पदका लागि कम्तीमा प्रवीणता तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा ३ वर्षको अनुभव, मोटरसाइकल र चालक अनुमतिपत्र, तथा कम्प्युटर दक्षता आवश्यक छ। यस पदको तलब ४२,००० देखि ५१,५०० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी, अनुभवी फिल्ड सहायक पदमा २ वर्षको अनुभवसहित ३० जना माग गरिएको छ, जसको तलब रु. ३५,५०० हुनेछ। प्रशिक्षार्थी फिल्ड सहायक पदमा भने अनुभव नभएका तर न्यूनतम शैक्षिक योग्यता पुगेका ३० जनालाई लिइनेछ, भत्ता रु. १८,००० तोकिएको छ।

उमेर सीमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ, महिला उम्मेदवारका लागि ५ वर्ष अतिरिक्त छूट दिइनेछ। दरखास्त दिने अन्तिम मिति २०८२ वैशाख १५ गते कार्यालय समयसम्म तोकिएको छ।

इच्छुक उम्मेदवारले संस्थाको वेबसाइट apply.meromicrofinance.com मा गई अनलाइन दरखास्त दिनुपर्नेछ। परीक्षा आवश्यकतानुसार लिखित, अन्तरवार्ता वा प्रयोगात्मक हुने जनाइएको छ।

vacancy meromicrofinance https://bajarkochirfar.com/mero-microfinance-has-hired-a-large-number-of-employees-how-much-is-the-salary | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स