मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आज भदौ २० गते बोलाएको छ। सभा काठमाडौं, महाराजगन्जस्थित रोयल दरबार रेस्टुरेण्ट एन्ड भेन्यूमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।
सभाले हकप्रद शेयर निष्कासनको प्रस्ताव अनुमोदन गर्नेछ। साथै, कम्पनीको पुँजी वृद्धि, प्रबन्धपत्र र नियमावली संशोधन, हकप्रद सेयर जारी, र नियमनकारी निकाय (विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेप्से, कम्पनी रजिस्टार)सँग सम्बन्धित आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्नेछ। कम्पनी ऐन २०६३ बमोजिम हाल नियुक्त भरत एन्ड एसोसिएट्सलाई आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकमा नियुक्ति, पारिश्रमिक निर्धारण र अनुमोदन गर्ने प्रस्ताव पनि पारित हुनेछ।
वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ ६ गते बुक क्लोज गरेको छ जसअनुसार भदौ ५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य छन्।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया