मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको ५४ लाखभन्दा बढी कित्ता सेयर आगामी भदौदेखि ‘लक इन’ मुक्त हुने भएको छ। कम्पनीका अनुसार भदौ २ गतेपछि कुल ५४ लाख २३ हजार ३८० कित्ता सेयरको लक इन अवधि समाप्त हुनेछ।
लक इन अवधि सकिने सेयरमध्ये ५२ लाख कित्ता संस्थापक समूहको, १ लाख ८३ हजार ३८० कित्ता स्थानीय बासिन्दालाई छुट्याइएको तथा ४० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको सेयर रहेका छन्।
यद्यपि, कम्पनीले स्पष्ट पारेअनुसार सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारीले धितोपत्र सम्बन्धी प्रचलित व्यवस्था बमोजिम तोकिएको अवधिसम्म आफ्नो सेयर खरिदबिक्री गर्न पाउने छैनन्।













![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)




![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया