महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारणसभा आउँदो चैत ७ गते, बिहीबार, आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको फागुन ५ गतेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा. लि. मा बिहान ११ बजे बस्ने निश्चित गरेको हो।
यस वर्षको साधारणसभामा लाभांशको कुनै प्रस्ताव राखिएको छैन। तर, कम्पनीले अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव प्रस्तुत गर्नेछ।
साथै, गत आर्थिक वर्षका वित्तीय विवरणहरू पारित गर्न र चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, साथै नियमावलीको नियम ३२ (ग) मा संशोधन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, र बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र सभा भाग लिन सक्नेछन्।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)

प्रतिकृया