महिला लघुवित्तको वार्षिक साधारणसभा आज बस्दै, के-के छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ७ गते
AdvertisementAds
महिला लघुवित्तको वार्षिक साधारणसभा आज बस्दै, के-के छन् प्रस्तावहरु ?
AdvertisementAds

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारणसभा आज बिहीबार चैत ७ गते बस्दैछ। सभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा. लि. मा बिहान ११ बजे सुरु हुनेछ।

यस वर्ष कम्पनीले लाभांशको कुनै प्रस्ताव गरेको छैन। तर, कम्पनीले अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गर्नेछ। साथै, गत आर्थिक वर्षका वित्तीय विवरणहरू पारित गर्न र चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, साथै नियमावलीको नियम ३२ (ग) मा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते बुक क्लोज गरिसकेको छ। जस अनूसार फागुन २३ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभा भाग लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स