महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कति तोकियो मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २४ गते
महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कति तोकियो मूल्य ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

संस्थाका अनुसार, पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिइने भएकाले उक्त सेयर उनीहरूकै लागि बिक्री खुला गरिएको हो। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, ठमेलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिँदा खरिद गर्न चाहेको सेयर संख्या खुलाउनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ। तोकिएको अवधिभित्र आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स