लुम्बिनी विकास बैंकको नाफा १४ करोड बढी, कस्तो छ अन्य सूचक ?

लुम्बिनी विकास बैंकको नाफा १४ करोड बढी, कस्तो छ अन्य सूचक ?

लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ३०.४६ प्रतिशत कम हो। गत वर्ष यसले २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ८.३४ प्रतिशतले बढेर ९३ करोड ११ लाख रुपैयाँ पुगेको छ  भने सञ्चालन नाफा ५०.३७ प्रतिशतले घटेर २३ करोड १३ लाख रुपैयाँमा झरेको छ।बैंकको खराब कर्जा ३.५५ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ। हाल यसको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ र जगेडा कोषमा २ अर्ब ८७ करोड रुपैयाँ जम्मा भएको छ।

साथै, बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९२ पैसाले घटेर ८ रुपैयाँ १५ पैसा  पुगेको छ। प्रतिसेयर नेटवर्थ भने १८१ रुपैयाँ ३९ पैसा रहेको छ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा भने ७ करोड ६४ लाख रुपैयाँ रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स