लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८२ साल पौष ३० गते बुधबार १८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू स्वीकृत गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरूले उठाएका जिज्ञासाहरूको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्टिकरण प्रस्तुत गरेका थिए।
हाल देशका सातै प्रदेशमा सेवा विस्तार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न स्थानमा ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) सञ्चालनमा ल्याइसकेको छ। बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक तथा नवीनतम प्रविधियुक्त सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया