लुम्बिनी विकास बैंकमा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?



लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले गजेहडा शाखा (१) र महेन्द्रनगर शाखा (१) का लागि कर्मचारी माग गरेको हो।

जुनियर अफिसर पदका उम्मेदवारले मान्यताप्राप्त विश्वविद्यालय/कलेजबाट व्यवस्थापनमा स्नातक तह पूरा गरेको हुनुपर्नेछ (स्नातकोत्तर प्राथमिकता)। यस पदका लागि कम्तीमा कुल ४ वर्ष बैंकिङ अनुभव, जसमा कम्तीमा २ वर्ष शाखा सञ्चालन र क्रेडिट कार्यसम्बन्धी अनुभव हुनुपर्नेछ। सुपरभाइजर पदका उम्मेदवारको लागि कुल ३ वर्ष बैंकिङ अनुभव, जसमा कम्तीमा १ वर्ष शाखा सञ्चालन र क्रेडिट कार्यसम्बन्धी अनुभव आवश्यक छ।

उक्त पदका लागि अन्य सामान्य योग्यता भनेको उत्कृष्ट संचार र नेतृत्व कौशल, ड्राइविङ लाइसेन्स, साथै उमेर जुनियर अफिसरका लागि ४० वर्ष नअघिको र सुपरभाइजरका लागि ३५ वर्ष नअघिको हुनुपर्नेछ। इच्छुक उम्मेदवारहरूले बैंकको वेवसाइट  मा गएर आवेदन दिन सक्नेछन्। आवेदनको अन्तिम म्याद भाद्र २५ राति १२:०० बजे सम्म रहेको छ।

LBBL BM Vacancy 20250827 https://bajarkochirfar.com/a-job-opening-has-been-opened-at-lumbini-bikas-bank-what-qualifications-are-required | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad