insta insta

एस.ई.ई पास भएकाहरुलाई गणपति लघुवित्तमा जगिर खुल्यो, कसरी दिने आवेदन ?

एस.ई.ई पास भएकाहरुलाई गणपति लघुवित्तमा जगिर खुल्यो, कसरी दिने आवेदन ?
Advertisement Ads

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना केही पदहरू भर्नाका लागि इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ। खुल्ला सूचनाअनुसार, प्रशिक्षार्थी सहायक पदमा आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा एस.एल.सि. वा एस.ई.ई. उत्तीर्ण हुनुपर्नेछ। त्यस्तै, कम्प्युटर सम्बन्धी ज्ञान हुनु आवश्यक छ भने ग्रामिण क्षेत्रमा गई कार्य गर्न इच्छुक हुनुपर्नेछ। यस पदमा सवारी साधन चलाउन सक्ने र चालक अनुमति पत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

उपर्युक्त पदका लागि उमेर सीमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा भने थप पाँच वर्षको छूट हुनेछ। इच्छुक उम्मेदवारले हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित सम्पूर्ण विवरण खुलेको बायोडाटा पेश गर्नुपर्नेछ। दरखास्त यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र इमेलमार्फत [email protected] वा संस्थाको वेबसाइट www.ganapatimicro.com.np मार्फत पठाउन सकिनेछ।

पदपुर्ती प्रक्रियाका लागि लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ।

1d118f0a72daaff1521a37209f6b1e0b https://bajarkochirfar.com/jobs-are-open-at-ganapati-microfinance-for-those-who-have-passed-see-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स