instainsta

गणपति लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १९ गते
गणपति लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् प्रस्तावहरु
AdvertisementAds

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारणसभा चैत १३ गते शुक्रबार बिहान साढे ११ बजे कास्कीको पोखरा–३१ बेगनासस्थित होटल डेब्रेकमा आयोजना गर्ने निर्णय गरेको छ।

साधारणसभाले सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत हुने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, गत असार मसान्तसम्मको लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गरिनेछ।

यसैगरी, संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गरिनेछ। एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थासँग गाभ्ने/गाभिने वा प्राप्त गर्ने प्रयोजनका लागि उपयुक्त संस्था पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने र आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

कम्पनीले माघ ७ गते बसेको सञ्चालक समितिको बैठकमार्फत सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरिसकेकोले लाभांशसम्बन्धी प्रस्ताव समावेश गरिएको छैन। साधारणसभा प्रयोजनार्थ चैत ३ गते सेयर दाखिला/खारेज (बुक क्लोज) गरिनेछ। चैत २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई हितग्राही खातामा कायम भएका सेयरधनीहरू मात्र सभामा सहभागी भई मतदान गर्न योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स