गणपती लघुवित्तले माग्यो अधिकृतदेखि प्रशिक्षार्थी सहायक पदमा कर्मचारी, कसरी दिने आवेदन ?



Advertisement
Ads

गणपती लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले अधिकृत, सुपरिवेक्षक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकका लागि कर्मचारी माग गरेको हो।

अधिकृत पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा ५ वर्षको अनुभव वा स्नातक तह उत्तीर्ण गरी ६ वर्षको अनुभव आवश्यक छ। सुपरिवेक्षक पदका लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी २ वर्षको अनुभव वा एसएलसी/एसईई पास गरी ५ वर्षको अनुभव हुनुपर्नेछ। सहायक र कनिष्ठ सहायकका लागि पनि समान योग्यता र अनुभव मागिएको छ भने प्रशिक्षार्थी सहायकको लागि एसएलसी वा एसईई पास र कम्प्युटर ज्ञान भएको व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।


Advertisement

उमेर सीमा १८ देखि ३५ वर्षसम्म राखिएको छ, यद्यपि महिला उम्मेदवारका लागि ५ वर्षको छुट दिइनेछ। उम्मेदवारहरूले आवेदनका साथ पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र बायोडाटा १५ दिनभित्र इमेलमार्फत वा संस्थाको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।e60e7b336f1507e334e431c25c9c9f83 https://bajarkochirfar.com/ganapati-laghubitta-is-seeking-employees-from-officer-to-trainee-assistant-positions-how-to-apply | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर